काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको आरोप लगाएका छन् ।
कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता थापाले जयसिंह धामीदेखि सडकमा बोल्न नपाउनेजस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझकाउने बेला आएको बताए ।
उनले प्रतिनिधिसभाको बाँकी अवधिभर सरकारले जनताको ढोका खोल्नेगरी काम गर्नुपर्ने बताए । नेता थापाले कांग्रेसले आगामी चुनावमा कसैको काँधमा नचढी बहुमत प्राप्त गर्नेगरी तयारी गर्नुपर्ने पनि बताए ।
पार्टीको विधि विधान विपरीत काम भएकाले कांग्रेस कमजोर भएको भन्दै उनले विधि विधान अनुरूप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए ।