काठमाडौं । कोरोना विरुद्धको अग्रपंक्तिमा खटिएका नर्स र डाक्टर ! सेतो पीपीईभित्र हपक्क भएको शरीर र यस्तै अवस्थामा लगातारको ड्यूटी !
समयले काँधमा आफ्नै मृत्यु र अरुलाई बचाउने जिम्मेवारीको जोखिम एकैपटक राखिदिएको छ । कति चिकित्सक, नर्सले संक्रमितको उपचार गर्दागर्दै आफैंलाई त्याग्नुपर्यो । पक्कै पनि आगोमा खेल्नेहरुलाई आगोले पोल्ने गर्छ, तर पनि जोखिमको प्रवाह नगरी साहसका साथ जिम्मेवारी निभाइरहेका छन् । यो महामारीको महासंकटमा नागरिकलाई बचाउन नेपाल एपी.एफ हस्पिटलमा अहोरात्र खटिएकी नर्स मनिसा सामाजिक सञ्जालमा यस्तो लेख्नु हुन्छ ।
मान्छेहरु जस्तै देखिन्छन तर मान्छे होइननु की जस्तो लाग्छ है तिमीलाई ?
सेतो पोसाकमा आउँदै गरेकाहरु देख्ने वित्तिकै भय हुन्छ है तिमीलाई ?
“म यहि छु....केही हुँदैन हजुरलाई... एकैछिन है सजिलो हुन्छ” हात समाउछन् अनि प्राय: यस्तै भनिरहन्छन तर हरेक पटक केही न केही अप्ठ्यारो गराएरै जान्छन यस्तै लाग्छ है तिमीलाई ? हो म जव तिम्रो छेउमा जान्छु की suction गर्दिन्छु....की त feeding गराउछु... घरी position change गरेर सताउछु...कहिले अरु केही उचयअभमगचभ गर्दै तिमीलाई असहज बनाउछु तर विस्वास गर म तिम्रै लागि गर्छु....तिमीलाई सजिलो होस भनेरै गर्छु तिमीलाई बचाउनै गर्छु । “विस्वास गर मेरो हातको कारण अकालमा मर्नु पर्ने छैन तिमीले ।”