मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन आजदेखि सुरुङ परीक्षण गरिने भएको छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी गरिँदै छ ।
तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौं आउने छ । परीक्षरण गर्न न्यूनतम दुई महिना लाग्ने बताइएको छ । मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने खानेपानी मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिबारेमा निरीक्षण गर्नु हुने कार्यक्रम रहेको छ । आज विहान ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम रहेको छ ।