चिकित्सा शिक्षा सुधारको माग राख्दै आउनुभएका डा.गोविन्द केसीले २० औ सत्याग्रह शुरु गर्ने घोषणा गर्नुभएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै डा. केसीले दुई बुँदे माग राखेर आगामी फाल्गुन १२ गतेदेखि २० औ सत्याग्रह शुरु गर्ने घोषणा गर्नुभएको हो ।
डा. केसीले राखेका मागमा प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गर्न र विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्दको माग राखुभएको छ ।