काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
आईतबार भारतको अहमदाबादमा भएको खेलमा भारतविरुद्ध ६ विकेटको जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पार्न सफल भयो ।
खेल आइतबार दिउसो सुरु भएको थियो । आइतबार बिहानै नेपालका ज्योतिषी सुदीप ज्ञवालीले फेसबुकमा स्टाटस पोस्ट गरे । स्टाटसमा उनले भनेका थिए, “आजको खेलमा अष्ट्रेलियाको प्रबल सम्भावना छ ।”

दिउँसो सुरु भएको खेल जब राति सकियो उनले फेरि अर्को स्टाटस लेखे । उनले उक्त स्टाटसमा आफुले बिहान गरेको पोस्टको कारण खुलाएका छन् ।

आफुले ग्रहगोचर हेरेको र अष्ट्रेलियाले जित्ने स्पष्ट सम्भावना देखेपछि आफूले भविष्यवाणी गरेको उनले प्रष्ट्याएका छन् ।