काठमाडौँ । बैंकविरुद्ध आन्दोलन गरिरहेका व्यवसायीक समूह विभाजित बनेका छन् । बैंकले चर्को ब्याजदर लिएको विरोधमा सडक आन्दोलनमा उत्रिएका व्यवसायी दुई समूहमा विभाजित बनेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको मंगलबार साँझ सम्पन्न छलफलपछि आन्दोलन स्थगित भएको बताइएको थियो । उक्त छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठले आन्दोलन स्थगित भएको बताएका थिए ।
श्रेष्ठले ब्याजदर वृद्धिको विषयलाई सरकारले सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन पाएपछि आन्दोलन रोकिएको बताएका थिए । तर, बैंक तथा वित्तीय संस्था समस्या संघर्ष समितिका संयोजक समेत रहेका नरेश कटुवालले आन्दोलन स्थगित नभएको बताएका छन् ।