काठमाडौं । आर्थिक मामिलाका मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया एशोशियसन नेपाल (इमान) मा केटिएम भ्वाइस डटकमका रोयल आचार्यको नेतृत्वमा कार्यसमिति चयन भएको छ ।
बुधबार सम्पन्न संस्थाको पहिलो अधिवेशनबाट आचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्ष दैनिकीका माधवप्रसाद तिवारी तथा अर्थबजारका डिल्लीप्रसाद सापकोटा, महासचिव अर्थसरोकारका सुरज प्याकुरेल, उपमहासचिव अर्थतन्त्रका रामेश्वर कार्की, सचिव क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् ।
यसैगरी, कोषाध्यक्ष रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल, सहसचिव आर्थिक प्लसका अमिर लामा तथा सदस्य कर्पाेरेट बजारकी अप्सरा गौतम चयन भएका छन् ।
आर्थिक विधाका सञ्चारमाध्यमहरूको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरू सदस्य छन् ।