काठमाडौं । पछिल्लो समयमा दक्षिण कोरियामा उच्चशिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको दक्षिण कोरिया स्थित नामसोल विश्वविद्यालयकी सहप्राध्यापक डा.सिर्जना थापाले बताएकी छिन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै डा.थापाले विगत केही समययता कोरियामा गएर सूचना प्रविधि तथा विज्ञान लगायतका बिषयमा समेत उच्च उच्चहासिल गर्नेहरुको संख्या बढिरहेको बताइन् । उनले भनिन्, ‘कोरियाको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम भएकाले अहिले दक्षिण कोरियामा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको संख्या बढिरहेको छ ।’
दक्षिण कोरिया नेपालीहरुका लागि श्रम गन्तव्य मात्र नभएर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्तिउत्पादन गर्न समक्ष रहेको बताउँदै डा.थापाले नेपालीहरुका लागि लगानी र प्रतिफलका दृष्टिकोणले समेत दक्षिण कोरिया उत्तम शैक्षिक गन्तव्य भएको बताइन् ।
थापाले पछिल्लो समयमा कोरियामा विश्वप्रसिद्ध विश्वविद्यालयहरु समेत रहेका कारण विश्वका विभिन्न मुलुकबाट समेत कोरियामा उच्चशिक्षा हासिल गर्न आउने विद्यार्थीहरुको संख्या बढिरहेको बताइन् ।
कोरिया सरकारले नेपालमा समेत शैक्षिक सहकार्य गर्न चाहिरेको बताउँदै डा.थापाले नेपालले आवश्यक पहल गर्ने हो भने कोरियाले प्राविधिक शिक्षाका लागि नेपालसँग सहकार्य गर्ने बताइन् ।