काठमाडौं । बिहीबार (आज) बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको ग्रेडरको ठक्करले मृत्यु भएपछि धनगढी दिनभर तनावग्रस्त बनेको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरमा साइकलमा स्कुल गइरहेकी चेतना साउदलाई ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
सडकको सतह मिलाइरहेको कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरको ठक्करबाट समान्य घाइते भएकी चेतनालाई चालकले ब्याक गरेर मारेको प्रत्यक्षदर्शीले बताएपछि आक्रोशित स्थानीय र विद्यार्थीले धनगढीमा दिनभर प्रदर्शन गरे ।
प्रहरीले नियन्त्रणमा लिएका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिमल कुमाल र निर्माण व्यवसायीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदशनमा उत्रिएका विद्यार्थीहरुले धनगढीका सडकमा टायर बालेर प्रर्दशन गरे ।