काठमाडौं । भारतको उत्तर प्रदेशमा एक विवाह समारोहमा दुलहाले सबैको अगाडि दुलहीलाई चुम्बन गरिदिए । तर उनलाई थाहा थिएन कि उनको यस्तो व्यवहारले कतिसम्मको लफडा निम्त्याउनेछ ।
दुलहाले दुलहीलाई चुम्बन गर्नेबित्तिकै दुलही स्टेज छोडेर ठाना पुगिन् । त्यहाँ उनले प्रहरीलाई पूरा घटनाक्रमको जानकारी दिइन् र दुलहाविरुद्ध कारवाहीको माग गरिन् ।
वास्तवमा २६ नोभेम्बरमा सामूहिक वैवाहिक कार्यक्रमका बेला बन्दायु जिल्लाका बिल्सी गाउँका युवकको विवाह सम्भलको पवासामा युवतीसँग भएको थियो । विवाह बन्धनमा बाँधिएपछि २८ नोभेम्बरमा पवासा गाउँमा पूरा रिति रिवाजका साथ यी दुईको वैवाहिक कार्यक्रमको भोज आयोजना गरियो ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार पवासामा विवाह समारोहमा जयमालाको कार्यक्रम भएपछि दुलहा–दुलही स्टेजमा बसिरहेका बेला दुलहाले दुलहीलाई सबैको अगाडि चुम्बन गरे । त्यसपछि दुलही भड्किइन् र त्यहाँबाट उठेर कोठामा गइन् ।
परिवारका सदस्यले दुलहीलाई सम्झाउने कोसिस गरे तर उनी कुनै पनि कुरा सुन्न तयार थिइनन् । उनले स्टेजमा जान अस्वीकार गरिन् ।
पछि उनी परिवारको सदस्यलाई लिएर बहजोई ठाना पुगिन् र ठाना प्रभारी प्रकज लवानियालाई दुलहाको व्यवहारबारे बताइन् । यसैबीच दुलहा पक्षका मानिसहरु पनि थाना पुगे ।
त्यहाँ दुलहीले सबैको अगाडि भने, ‘म अब उनीसँग बस्न चाहन्नँ । आफ्नै घरमा बस्छु । मलाई उनको चालामाला ठिक लागेन । जो व्यक्तिले ३ सय व्यक्तिको अगाडि यस्तो गर्न सक्छ, ऊ के सुध्रन्छ । त्यसैले यो व्यवहारका लागि उनीविरुद्ध कारवाही गरियोस् ।’
अर्कोतर्फ दोस्रो पक्षले पनि आफ्नो कुरा राखे । उनीहरुका अनुसार दुलही आफैँले दुलहासँग शर्त राखेकी थिइन् । शर्तमा के थियो भने यदि दुलहाले उनलाई स्टेजमा सबैको अगाडि चुम्बन गर्छन् भने उनले दुलहालाई १५ सय रुपैयाँ दिनेछिन् ।
यदि उनले यस्तो गर्न सकेनन् भने उनले दुलहीलाई ३,००० रुपैयाँ दिनुपर्नेछ । जब थाना प्रभारीले यसबारे दुलहीसँग कुरा गरे तब उनले यस्तो केही पनि नभएको बताइन् ।
ठानामा दुई पक्षबीच यसबारे बहस पनि चल्यो । तर केही बेरपछि दुलहा–दुलही छुट्टा छुट्टै बस्ने भन्ने कुरामा सम्झौता भयो । थाना प्रभारी पंकज लवानियाले यी दुईको विवाह दर्ता भइसकेकोले सम्बन्धविच्छेदका लागि कानुनी प्रक्रिया पुरा गर्नुपर्ने बताए ।