काठमाडौँ । कतार विश्वकपमा अहिले समूह चरणका अन्तिम खेलहरु चलिरहेका छन् । मंसिर ४ गतेबाट सुरु भएको विश्वकपमा विभिन्न टोलीहरुले आफ्नो खेल कौसलताले दर्शकहरुलाई मोहित बनाइ रहेका छन् ।
कतार विश्वकप सबैभन्दा धेरै खर्च भएको विश्वकप देखि लिएर विन्टर सिजनमा भएको पहिलो विश्वकपसम्मको रोचक तथ्य बनाएको छ । कतार विश्वकप आयोजना गर्ने पहिलो मुस्लिम राष्ट्र पनि हो ।
यसका साथसाथै सन् २०२२ को विश्वकपलाई जापान र दक्षिण कोरियाले मिलेर आयोजना गरेको २००२ को विश्वकपपछि एशियामा आयोजना हुने दोस्रो राष्ट्र पनि हो ।
कतार विश्वकपका बिभिन्न पाँच रोचक तथ्य
१, विन्टर सिजनमा भएको पहिलो विश्वकप
२, सबैभन्दा महँगो विश्वकप
३, कम स्टेडियममा आयोजना गर्ने दोस्रो राष्ट्र
४, दर्शकका कीर्तिमान बन्ने सम्भावना
५, विश्वकप आयोजना गर्ने पहिलो मध्यपूर्वको राष्ट्र