काठमाडौं । सिरहामा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको छ । मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिसहरू घुमिरहेको भन्ने सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट आज दिउँसो दुई थान भरूवा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरू फेला नपरे पनि खोला किनारमा फालिएको बन्दुक फेला पारेका हुन् । ती बन्दुकलाई मिर्चैया प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।