काठमाडौँ । नेपालको आईसीसी महिला टी–ट्वान्टी क्रिकेटको वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १८ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ ।
यस्तै इंग्ल्यान्ड दोस्रो, न्युजिल्याण्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ ।