काठमाडौँ । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज बुधबार तेस्रो तथा अन्तिम खेल खेल्दैछ । नेपालले तेस्रो खेलमा भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल अपरान्ह ४ः१५ बजे सुरु हुनेछ ।
सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । नेपालले मंगलबार श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।
त्यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । भुटान भने पहिलो जितको खोजीमा रहेको छ ।
प्रतियोगितामा चार राष्ट्र सहभागी रहेका छन् । शीर्ष टोलीले उपाधि जित्नेछ ।