काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार घरेलु टोली नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली असोज ७ गते नेपाल आईपुग्ने छ ।
मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ । यस्तै एन्फाले सो मैत्रीपूर्ण खेलको टिकट मूल्य पनि तय गरेको छ ।
सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको जनाएको छ ।
मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ ।