काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७३० जनाको परीक्षण गरिएकोमा २९ जना संक्रमित भेटिएका हुन् ।
आज १७ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ९२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म ९७ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध पहिलो मात्रा खोप लगाइसकेका छन भने ८९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।