काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८०२ जनामा गरिएको नमूना परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।
सो समयावधिमा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर १८८ जान संक्रिय संक्रमित रहेका छन् ।