काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै छ । अमेरिकाको टेक्ससमा आज नेपालले ओमानको सामना गर्न लागेको हो ।
दुई टोलीबीचकौ खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुने छ । नेपाल आज ओमानलाई हराउँदै यसअघिको हारको बदला लिने योजनामा छ भने ओमान पनि जितको यात्रालाई निरन्तरता दिने दाउमा छ ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै सिरज अन्तर्गत दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो ।
नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल ’टाइ’ भएको हो । त्यसपछि दुई देशले एक एक अंका बाँडेका थिए ।