काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तर आबद्धता सेवा लागु गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले एउटाबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकको यो निर्देशनसँगै अब कुनै वालेट जस्तै– इसेवाबाट अर्को वालेट खल्तीमा पैसा पठाउन सकिने छ । यो व्यवस्था यसअघि अनिवार्य थिएन । यस्तै व्यवस्था क्यूआरका लागि पनि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।