काठमाडौं । बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो ।
बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् । बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिए उनले जनाए ।
यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ । आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो ।