अफगानिस्तानको राजधानी काबुलमा आज तीन वटा कारलाई लक्षित गर्दै भएको तीन वटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरीले पुष्टि गरेको छ ।
पहिलो विस्फोट स्थानीय समयानुसार आज बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेटपछि भएको थियो, भने तेस्रो विस्फोटन बिहान १०ः०० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले जानकारी दिएका छन् ।