एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि थप कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अमेरिकामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भएको अमेरिका महामारीले आक्रान्त बनेको बेला कोरोना भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
उनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन्। मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याउने तयारी समेत गरिएको छ ।
अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरेको भोलिपल्टै उनले थप कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
अब अमेरिका जानेले अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानुअघि कोरोना भाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ भने अमेरिका पुगेपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।