विश्वव्यापीमहामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।कोभिड–१९ का कारण विश्वका सबै स्थानमामहिलातथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसंघीय लागुऔषधतथाअपराधबारे अनुसन्धानगर्ने राष्ट्रसंघीय कार्यालय (यूनओडिसी) को अध्ययनले देखाएको संस्थाकाकार्यकारी निर्देशक घाडा वालाईले बताएका छन् ।
उनले संस्थाको प्रत्यक्ष भिडियो सम्मेलनमार्फत् महिला र बालबालिकाविरुद्धको प्रतिवद्धता नामक एक कार्यक्रममामहामारीका कारण आपराधिक मुद्दाविरुद्धका गतिविधि अवरुद्ध बनेको र पीडितलाई हुने सहयोगमाकमीभएको कारण महिलातथा बालबालिकाविरुद्धको लैंगिक हिंसाका घटना बढेको पाइएको बताएका छन् ।
महामारी पहिले पनिमहिलातथा बालिकाविरुद्ध विभिन्नखालका हिंसा हुनुपरेको स्मरण गर्दै उनले महामारीपछि यसमा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको यूनओडिसीका बालाईको भनाइ छ ।
कोभिड–१९ महामारीका समय लकडाउन र अन्यउपायहरूका कारण लैंगिक हिंसामाप्रचुर मात्रामाप्रभाव परेको यूएनओडीसीले जनाएको छ ।राष्ट्रसंघीय महिलाकार्यकारी निर्देशकफुम्जिले एमलाम्बोएनगुकाले सङ्क्रमणमा परी जीवनजोगाउन सफलअधिकांश (करिब ८० प्रतिशत) महिलाले यौनहिंसाको शिकार बन्नुपरेको बताए ।कोभिड–१९ का कारण थप७० लाखमहिलातथाकिशोरीहरूमा जटिल खालको गरिबीतर्फ धकेलेको र महिलातथाबालबालिका बेचबिखनमौलाएको उनको दावीछ ।