एजेन्सी । इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ । इथियोपियामा नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।
इथियोपियाको टाइग्रेमा लगातार झडप हुँदै आएको र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रवेश गरेका हुन् ।इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले बताएका छन् ।
राष्ट्र संघका शरणार्थी मामिला उच्च आयुक्त ग्रान्डीेले इथियोपिया–सुडान सीमा क्षेत्रबाट कम्तीमा ८० किलोमिटर टाढा रहेको शिविरमा शरणार्थीको भीड लाग्दा उनीहरूलाई खाद्यान्न र कपडालगायतका अति–आवश्यक सामग्रीको व्यवस्थापनका लागि रकम आवश्यक परेको उल्लेख गरेका छन् ।