एजेन्सी । तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुँदा ३ जना सर्वसाधारण सहित १० जना अफगान सेनाको मुत्यु भएको छ ।
भने अन्य केही सेना घाइते भएका छन् । अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको हो । उक्त आक्रमण गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्षित गरेर गराइएको अधिकारीहरुले जनाएका छन् ।
हाल अफगानिस्तान सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ ।
उता अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता अपनाइएका समाचारहरु पनि आइरहेका छन् । तर यता तालिबानीहरुले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन् ।