जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो ।
जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् । सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो ।
जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । जापान आउनुअघि यात्रुहरुले कोरोनाभाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनु पर्नेछ । त्यसैगरी उनीहरुले जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नु पर्नेछ ।