काठमाडौं । रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा संलग्न भए बाल्टिक क्षेत्रमा आणविक हतियार पठाउने चेतावनी दिएको छ ।
स्वेडेन र फिनल्याण्डले छिट्टै नेटोमा जोडिने निर्णय गर्ने बताईरहेको बेला रुसको सुरक्षा परिषद्का उपाध्यक्ष समेत रहेका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी समेत रहेका मेदभेदेवले स्वीडेन र फिनल्याण्डलाई आफ्नै आँगनमा आणविक हतियारको भारी देखेन बाँच्ने अवस्था नल्याउन पनि चेतावनी दिएका हुन् ।