दिल्ली । भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको ज्यान गएको छ । केही दिनयता लगातार भारी वर्षा हुँदा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका छन् ।
डुबानका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि भारी वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै विद्यालय कलेज बन्द गर्न भनिएको छ ।
लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन विद्यालय बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशमा केही दिनयता लगातार भारी वर्षा भइरहेको छ ।