काठमाडौं । चीनले अमेरिका र उसका सहयोगीहरुले अफगानिस्तानमा गरेको अपराधको छानबिन हुनुपर्ने माग राखेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान जाओले संयुक्त राष्ट्र संघका लागि चिनियाँ मिसन मन्त्री जियाङ्ग डुआनले बैठकमा पढेर सुनाएको वक्तव्य एक अंश ट्वीट गरेका हुन् ।
यसमा लेखिएको छ, ‘अफगानिस्तानमा अमेरिकी सेना र उनीहरुका सहयोगीहरुले गरेको अपराधको गहन र निष्पक्ष छानबिन हुनुपर्छ।’
ट्वीटमा दिइएको जानकारी अनुसार जियाङ्गले संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्मा धेरै देशहरुको संयुक्त वक्तव्य पढ्दै यो कुरा भनेका हुन्।
ट्वीटमा परराष्ट्र मन्त्रालयका प्रवक्ताले लेखेका छन्, ‘अफगानिस्तानका जनताहरु स्पष्ट जवाफको हकदार छन्।’