काठमाडौं । युरोपेली संघले गरीब देशहरुलाई २० करोड डोज कोरोना भाइरस विरुद्धको खोप सहयोग गर्ने भएका छन् । युरोपेली संसदको बैठकमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनले गरीव राष्ट्रहरुलाई २० करोड खोप प्रदान गर्ने घोषणा गरेकी हुन् ।
उनले गरिव राष्ट्रहरुलाई थप २० करोड खोप डोज उपलब्ध गराउने निर्णय गरेको जानकारी दिदै सन् २०२२ को मध्यसम्ममा खोप उपलब्ध गराईसक्ने बताइन् ।
अध्यक्ष भानले गरिब देशहरुलाई गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनुपर्ने बताएकी छन् । युरोपेली संघले यो योजनामा सहयोग गर्न धनी र शक्तिशाली राष्ट्रहरुलाई अपील समेत गरेको छ ।