नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण रद्द भएको छ । दाहालको नेतृत्वमा १० दिने भ्रमणको तयारीमा रहेको ६० सदस्यीय टोली विशेष कारण देखाएर भ्रमण रद्द भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा आगामी २४ मंसिरमा चीन भ्रमणमा जाने तय भएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको समयमा पार्टीको आन्तरिक कारण देखाउँदै भ्रमण रद्द भएको उनको सचिवालयले जनाएको हो ।
नेकपा स्कुल विभागको समन्वयमा हुने दाहालको चीन भ्रमण टोलीमा पार्टी स्थायी कमिटी सदस्यहरूसमेत सहभागिता हुने तयारी थियो । १० भन्दा बढी स्थायी समितिका सदस्यहरू सहभागी हुने तयारी थियो । अब उनको भ्रमण पुनः दुई महिनापछि हुने र पार्टीमा छलफल गरी जाने नेकपाले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।