काठमाण्डौ । युवा गायक शिवसागर खड्काको गीत ‘निष्ठुरी भयौ रे’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
विशाल नेपालीले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा नयाँ पुस्ताका प्रेमी–प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको छ ।
शिवको स्वरलाई चर्चित गायिका एलिना चौहानले साथ दिएकी छिन् भने विशाल नेपालीको शब्दमा गायक खड्काले नै सङ्गीत दिएका छन् ।
म्यूजिक भिडियो नयाँ पुस्ताका युवा युवतीका बीच लोकप्रिय हुने अपेक्षा गरिएको गायक खड्काले बताए ।
यसअघि खड्काका ‘ट्राफिक जाम’ ‘यो नयाँ जोडी’ र ‘भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन्
भिडियो हेर्न क्लिक गर्नुहोस् ।