अनमोल केसी र भुवन केसीलाई पर्दामा धित मर्नेगरि हेर्ने दर्शकको चाहाना अब भने पूरा हुने भएको छ । होम प्रडक्सनको ब्यानरमा बन्ने फिल्म ‘माइतीघर २’मा भुवन केसी र अनमोल केसी एक साथ देखिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
‘पारस’ बनाउने अन्तिम तयारी चलिरहँदा भुवन केसीले अचानक ‘माइतीघर २’ चलचित्र विकास बोर्डमा दर्ता गराएका हुन् ।
योसँगै भुवन केसीले ‘पारस’ होल्ड गरेर ‘माइती घर २’ बनाउन लागेका हुन् । तर, भुवन केसीले ‘पारस’ वा ‘माइतीघर’ मध्ये कुन फिल्म पहिला सुटिङमा जाने टुंगो नभएको जानकारी दिएका छन् ।