नायिका लक्ष्मी बर्देवाले चलचित्र घिन्ताङ छोडेकी छन्। अब उनको ठाउँमा केकी अधिकारीलाई अनुबन्धित गरिएको छ।
आठ वर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका दीपक श्रेष्ठले फरक कथामा घिन्ताङ बनाउँदै छन्।
यो चलचित्रलाई छायांकन सुरु हुनुअगावै दुई नायिकाले छाडेका छन्। सुरुमा एलिजा गौतमसँग सम्झौता गरिएको थियो।
उनले पनि चलचित्र नगर्ने भएपछि लक्ष्मीलाई राखेर शुभसाइत समेत गरिएको थियो।
तर, हाल उनले पनि छोडेपछि केकीलाई ल्याइएको हो।