अभिनेत्री आलिया भट्ट र साउथ स्टार प्रभासको बक्स अफिस भिडन्त हुने भएको छ ।
निर्देशक सञ्जयलीला भन्सालीको जन्मदिनको मौकामा पारी बुधबार चलचित्र ‘गंगुबाई कठियावाडी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । आलिया को मुख्य भूमिका रहेको यस चलचित्रको फर्स्ट लुकसँगै रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।
रिलिज फर्स्ट लुक पोस्टरमा चलचित्र २०२१ जुलाई ३० मा रिलिज हुने उल्लेख गरिएको छ ।
यता प्रभास अभिनीत ‘राधे श्याम’ पनि सोही मितिमा रिलिज हुँदै छ । फेब्रुअरी १४ प्रणय दिवसका दिन निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेर चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।