‘कमेडी च्याम्पियन सिजन– २’ फागुन २१ देखि प्रसारणमा आउने भएको छ ।
बुधबार काठमाडौं आयोजित एक कार्यक्रमका बीच शोको औपचारिक घोषणा गरिएको हो । शोका निर्देशक विशाल भण्डारीले गत वर्ष आर्थिक समस्याका कारण सोचेको जस्तो शोमा गर्न नसकिएकोले यो सिजन भव्य बनाउने बताएका छन् ।
कमेडी च्याम्पियनका निर्णायकहरुमा गत वर्षकै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निरन्तरता पाएका छन् ।
रीमा विश्वकर्मा उद्घोषक रहेको शोको निर्मातामा अभिनेत्री केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।