चर्चित गीत ‘फूलबुट्टे सारी’को लिजेन्डरी भर्जन सार्वजनिक भएको छ । दिग्गज गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा श्रीपञ्चमीको दिन गीतको भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा मदनकृष्ण र मिथिला शर्माको जोडी बाँधिएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको फिमेल र बेबी भर्जनले पनि निकै लोकप्रियता कमाएको छ ।
पार्किन्सनका कारण उनले गायन क्षेत्रबाट बिदा लिने निर्णय लिइसकेका थिए । यद्यपि, लेखक–संगीतकार शिवाकोटीको अनुरोधलाई स्वीकार गर्दै यस गीतमा स्वर दिन तयार भएको बताएका थिए ।