बलिउडकी चर्चित अभिनेत्री आलिया भाट सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनले कहिले भिडियो त कहिले तस्वीर शेयर गर्दै आफ्ना प्रशंशकहरू बटुलिरहन्छिन् ।
हालै उनले माल्दिभ्समा केही समय बिताएकी थिइन् ।
त्यस बेला खिचिएको तस्वीर उनले अहिले आफ्नो इन्स्टाग्राममा राखेकी छिन् । आइतवार बिहान राखिएको सो तस्वीरलाई उनका फ्यान तथा फलोअरहरूले निकै रुचाएका छन् ।
माल्दिभ्सको समुद्री तटमा उनले आफ्नो विकिनी पोज दिएकी छिन् ।
शेयर गरेको केही समयमै उनको तस्वीरले ३ हजारभन्दा बढी कमेन्ट आइसकेको छ भने झण्डै ५ लाख लाइक पाइसकेको छ ।
https://www.instagram.com/p/CK-oynAMPbY/