एजेन्सी । सलमान खान र कटरिना कैफको मुख्य भुमिका रहेको टाइगर ३ को सुटिङ्ग अब अस्ट्रियामा गरिने भएको छ ।
रुस र तुर्कीस्तानमा सुटिङ्ग सकेको टाइगर टिमले अब अस्ट्रियामा बाँकी काम सक्ने भएको हो ।
बलिउड हंङ्गामाका अनुसार गीत र एक्सन सिन सुटिङ्ग गर्न बाँकी छ ।
सलमान र कटरिना सेप्टेम्बर २५ मा स्वदेश फर्किएर सुटिङ्गको बाँकी रहेका काम सक्नेछन् ।
मनीष शर्माको निर्देशनमा बनेको टाइगर ३ सन् २०२२ मा विश्वभरका सिनेमाघरमा रिलिज गर्ने तयारी छ ।
आदित्य चोपडाको प्रोडक्सनमा बनिरहेको फिल्ममा इमरान हाश्मी भिलेनको रुपमा प्रस्तुत हुनेछन् ।