पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा २ लाख २० हजार २ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने संख्या ९२ दशमलब ७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९ (उनानव्वे) जनाको पिसिआर परीक्षण गर्दा १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ सय ६१ जना संक्रमित काठमाडौं उपत्यकाका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ (सैतिस) हजार ५ सय ८९ (उनानव्वे) पुगेको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा १५ हजार ७ सय ६६ (छैसठठी) जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
यसैवीच कोरोना भाइरस संक्रमणका कारण आज १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेकोे छ