राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्रै प्रकाशित हुने जानकारी दिएको छ । बोडका अनुसार परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु भएको र महिना दिनभित्रै नतिजा आउने छ । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र नतिजा प्रकाशित हुने बोर्डले जनाएको छ ।
बोर्डले एक हप्ताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डको भनाइ छ । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका छन् ।
यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना केही दिनभित्रै प्रकाशित हुने बोर्डले जनाएको छ ।