काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणमुक्त भइ ९ सय ११ जना डिस्चार्ज भएको र ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ७२ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ७ हजार २ सय ६४ जनाको पीसीआर र ३ हजार ४ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा ५७ हजार १ सय ५८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ९ सय ४२ जना सक्रिय संक्रमित छन् । ३ सय २९ जनाको सघन उपचार कक्षमा र १ सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार १४ हजार ७ सय २८ जना होम आइसोलेसनमा छन् भने १ हजार २ सय १४ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै २ सय ४२ जना क्वारिन्टिनमा छन् ।