काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा सय रुपैयाँले घटेको हो । आज तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको हो ।
आज चाँदी १२ सय रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।