काठमाडौं । नेपालको पुँजीबजार मापक नेप्से आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १.२६ अंकले बढेर ३०८१.०७ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा आज कूल १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कूल २२६ वटा कम्पनीका तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता सेयर एक लाख १७ हजार ४९० पटक खरिद–बिक्री भएका थिए ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२५ अंकले बढेर ५७२.१६ विन्दुमा उक्लिएको छ ।
आज छ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लाग्दा लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.९८ प्रतिशतका दरले गुमाएका छन् ।