काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य पनि तोलामा ११ सय रुपैयाँले नै बढेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ हजार ८५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।