काठमाडौं उपत्यकामा बैंकतथा वित्तयि संस्थाका अधिकांश शाखा कार्यालयहरु आजबाट खुलेका छन् । सरकारले निषेधाज्ञाखुकुलो बनाएर एक साता थप गर्ने निर्णय पछि मंगलबार बैंकका अधिकांश शाखा कार्यालय खुला भएका हुन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर न्युनतम शाखाहरु खोल्न बैंकहरुलाई निर्देशन दिइएको बताउनुभयो ।
उहाँका अनुसार यति नै शाखा कार्यालय खोल्नु भनेर संख्या भने राष्ट्र बैंकले तोकेको छैन । राष्ट्र बैंकको यो निर्देशन पछि बैंकहरुलेआवश्यकत अनुसार शाखा कार्यालयहरु खोलेर सेवा दिइरहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधान कार्यालयहरु न्युनतम कर्मचारीहरुराखेर सञ्चालन गरिएको छ ।
हिजोसम्म सिमित शाखा कार्यालयहरु मात्रैखोलेर बैंकले सेवा दिदै आएका थिए । उता बिमा कम्पनीहरुका शाखा कार्यालयहरु पनि धेरैजसो मंगलबारदेखि खुला भएका छन् ।
बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले पनि न्युनतमकर्मचारी राखेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।