काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । बैंक तथा वित्तीय संस्था यतिबेला एक खर्ब ८६ अर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको छ ।
अधिक तरलता भएपछि राष्ट्र बैंकले २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब तरलता उठाउन लागेको हो । आज केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।
पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आहृवान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ । केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएमा पठाउने र तरलता धेरै भएमा केन्द्रीय बैंकले उठाउने गरेको छ ।