काठमाडौँ । विशेषगरि तिहारमा बढी उज्यालो बनाउन प्रयोग गरिने झिलिमिली बत्तीको व्यापार यस वर्ष ७० प्रतिशतले घटेको छ । तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्तीको व्यापारमा ७० प्रतिशतले गिरावट आएको व्यवसायीहरुले बताएका छन् ।
तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुने र्गछ । तर यस वर्ष कोरोना संक्रमणका कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ । तिहारको किनमेलका लागि उपभोक्ता डराएको र त्यहि कारण व्यापार नभएको उनिहरुको भनाइ छ ।
विगतका वर्षहरुमा २५ देखि ३० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको कारोबार हुने गरेकोमा यस वर्ष निकै ह्रास आएको व्यापारीहरुले बताएका छन् । झिलिमिली विद्युतीय सामाग्रीको किनमेलका लागि तिहार सबैभन्दा राम्रो समय भए पनि यस वर्ष कोभिड–१९ ले व्यवसायीहरु मारमा परेको महासंघको ठहर छ ।