लकडाउन तथा कोरोनाका कारण पेट्रोलियम पदार्थको खपत तथा आयातमा कमि आएको छ । भन्सार विभागका अनुसार खाना पकाउने ग्यास, पेट्रोल तथा डिजेलको आयातमा कमि आएको हो ।
यो वर्ष साउनदेखि असोजसम्म खाना पकाउने ग्यास १० करोड ८४ लाख किलो आयात भएको विभागले जनाएको छ । यो वर्षको तीन महिनामा १ लाख २२ हजार ३०८ किलोलिटर मात्रै पेट्रोल आयात भएको छ । त्यस्तै तीन महिनामा १ लाख ९१ हजार किलोलिटर डिजेल आयात भएको छ ।