काठमाडौं । बुधबार पनि नेप्सेको ओरालो यात्रा कायमै रहन पुग्यो । मंगलबार दोहोरो अंकले घटेको नेप्सेले बुधबार पनि निरन्तरता पाउँदा आज ४० दशमलव २६ अंकले नेप्से घट्न पुगेको हो ।
नेप्से २८८९ दशमलव ०३ अंकमा पुग्दा कारोबार भने ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० रुपैयाँको भएको छ । जसमा २ सय २२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर कारोबार भयो ।
नेप्से र सेन्सेटिभ इन्डेक्स दुवै घटेको आजको बजारमा सबै समूहको सूचक घटेर राताम्मे बनेका छन् । कम्पनीगत रूपमा भने आजको कारोबारबाट ११ कम्पनीले शेयरमूल्य बढाउन सफल बनेका छन् भने १ सय ७२ कम्पनीको शेयरमूल्य घटेको छ ।
बढ्नेमा मनकामना स्मार्ट लघुवित्त अगाडि छ भने घट्नेमा हिमालयन ऊर्जा अगाडि छ ।